नियम ४४
विभागले तोकेको स्थानमा वस्नु पर्ने
(१) ऐन वा यस नियमावली बमोजिम प्रस्थान गराउनु वा निष्काशन गर्नु पर्ने विदेशीले नेपालबाट प्रस्थान नगरुन्जेलसम्मका लागि विभागले तोकेको वा उपलब्ध गराएको स्थानमा बस्नु पर्नेछ र त्यस्तो विदेशीले नेपालबाट प्रस्थान गर्दा लाग्ने खर्च आफैले व्यहोर्नु पर्नेछ ।
(२). निष्काशनको आदेश अनुसूची–१३ बमोजिमको ढाँचाको हुनेछ ।